सुदूर नेपाललाई विश्वसँग जोड्दै

वडाध्यक्षलाई कालोमोसो दलियो

२०७६ पुष १२, ०६:११ खबर संवाददाता

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ३ का वडाध्यक्ष लालबहादुर बुढाथोकीलाई नेत्रविक्रम चन्द विप्लव समुहका कार्यकर्ताले मोसो दलेर दुव्र्यवहार गरेका छन्। 

शुक्रबार बेलुका चौरहजहारी नगरपालिका–३, खौचनेमा वडाध्यक्ष बुढाथोकी माथि दुव्र्यवहार गरिएको हो। भ्रष्टाचार गरेको तथा जातीय भेदभाव गरेको भन्दै वडाध्यक्षलाई सांकेतिक कारवाही गरिएको नेकपाको भातृ संगठन युवा संगठन नेपालले जानकारी गराएको छ। 

संगठनका जिल्ला अध्यक्ष लय सहानीले जारी गरेको विज्ञप्तिमा वडाध्यक्ष बुढाथोकीले भ्रष्टाचार गरेको तथा जातीय विभेद गरेकाले कारबाही गर्नुपरेको उल्लेख गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस