कञ्चनपुरमा गोठमा आगलागी हुँदा दुहुनो गाई मर्यो
कञ्चनपुरः कञ्चनपुरमा एक जनाको गाईगोठमा आगलागी भएको छ। जिल्लाको बेलडाँडी गाउँपालिका–२ का करन कार्कीको गाईगोठमा आगलागी भएको हो।
आगलागीबाट एउटा गाई र बाच्छो मरेका छन्। साथै गोठभित्र राखिएको गहुँ, काठ जलेको प्रहरीले बताएको छ। आगलागीबाट अन्दाजी २ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।
स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनाको पुर्ण विवरण आउँन बाँकी छ।