कैलालीको सहारा घरलाई औषधी, खाद्यान्न र डसना सहयोग
कैलालीको बौनियामा रहेको सहारा घरलाई औषधी, खाद्यान्न र डसना सहयोग गरिएको छ। सहारा घरमा आश्रीतहरु झाडापखलाबाट ग्रसित भएकाले औषधी समेत सहयोग गरिएको हो। सुन्दर सुदूरपश्चिमका अभियान्ता तथा व्यवसायी गोपाल हमालले २५ किलो दाल, ७ डस्ना,् र २१ सय २७ को औषधी सहयोग गरेका हुन्। दाल, डसना र औषधी हमालकी छोरी आरजुले हस्तान्तरण गरेकी थिईन्। धनगढीको कपडा बैंकका संञ्चालक समेत रहेका हमालले बैंकमा संकलन भएका पुराना कपडाहरुबाट १९ वटा डसना बनाएका थिए। उक्त मध्ये ६/६ वटा धनगढीको दृष्टि फाउण्डेसन र मानव सेवा आश्रमलाई यसअघि नै हस्तान्तरण गरिएको थियो। ७ वटा आज सहारा घरलाई हस्तान्तरण गरिएको हो। सहारा घरमा आश्रीतहरु झाडापखलाबाट ग्रसित भएकाले औषधी समेत सहयोग गरिएको हो।