भारतिय हस्तक्षेप विरुद्ध अत्तरियामा विरोध सभा, बृहत आन्दोलन थाल्ने चेतावनी
अत्तरिया: भारतले गरेको हस्तक्षेप विरुद्ध कैलालीको अत्तरियामा विरोध सभा आयोजना गरिएको छ। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी सुदूपश्चिम प्रदेशले उक्त विरोध सभा आयोजना गरेको हो।
‘दार्चुलाको कालापानी लिपुलेक लिम्पीयाधुरा लगायत अतिक्रमित भुमी फिर्ता गर, राष्ट्रिय स्वाधिनताको रक्षाको रक्षा गर्रौ भन्ने नाराबाजी गर्दै विरोध सभा सम्पन्न गरिएको छ। भारतले दार्चुलाको कालापानी लिपुलेक लिम्पीयाधुरा लगायत अतिक्रमित भुमि हस्तक्षेप गरेको विरोधमा विरोध सभा गरेको प्रदेश संयोजक टंक कोइरालाले बताए।
सभाको सम्बोधन गर्दै प्रमुख अतिथि अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष सिताराम तामाङले सबै देशभक्त नेपाली, किसान मजदुर न्यायप्रेमी जनसमुदायहरुले राष्ट्रिय स्वाधिनताको रक्षाको लागि अब एक हुनुपर्ने बताए।
पटकपटक भारतिय विस्तावादीले नेपालमाथी सिमा विवाद गर्दै आएको कुरा उल्लृख गर्दै उनले अहिले नेपालको कालापानी, लिपुलेक, लिम्पीयाधुरा लगायत अतिक्रमित भुमी फिर्ता गर्नको लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए।
केन्द्रिय अध्यक्ष तामाङले विगत देखिनै आफुहरुले कालापानीको विषयमा बैल्दै आएको बताउदै सरकारले त्यसबारे कुटनितिक रुपमा पहल नथाले नेकपा क्रान्तिकारी माओवादी पार्टीले बुहत किसिमको आन्दोलन गर्ने चेतावनी समेत दिए।
विरोध सभा कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी सुदुरपश्चिम प्रदेश इन्चार्ज अनुकूल, अखिल नेपाल किसान महासंघका सचिव धनेश्वर पोखरेल, नेकपा क्रान्तिकारी माओवादी सुदुरपश्चिम प्रदेश सेक्रेटरी चिन्तक, देजमो प्रदेश संयोजक विष्णुराम दमाई, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य पुष्कर जोशी लगायत आथित्व रहेको थियो। कार्यक्रमको सञ्चालन अखिल नेपाल किसान महासंघ क्रान्तिकारी कैलाली जिल्लाका अध्यक्ष हरिराम रानाले गरेका थिए।