कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। कालीकोटकी २७ बर्षिय कल्पना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार वस्नेतले बताए।
पश्चिमबाट पूर्व गईरहेको से १ त ९२७३ नम्बरको ट्यक्टरले साईकलमा सवार कल्पनालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ट्याक्टरको ठक्करबाट घाईते भएकी उनको घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्यक्टर सहित लम्कीचुहा नगरपालिका वडा २ वस्ने ४१ वर्षीय चालक मनिष चौधरीलाई ईलाका प्रहरी कार्यालय सुख्खडले नियन्त्रणका लिएको छ। घटनापछि स्थानियले पुर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।