सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा जाडो भगाउन आगो बाल्दै सशस्त्र प्रहरी

२०७६ पुष १०, ०२:२१ खबर संवाददाता

चिसो अत्यधीक बढेपछि कैलाली जिल्लामा सशस्त्र प्रहरीले आगो बाल्ने व्यवस्था गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३४ गण हेडक्वाटर कैलालीले जिल्लाको बिभिन्न स्थानहरुमा आगो बाल्ने व्यवस्था गरेको हो। डिभिजन बन कार्यालय कैलाली र स्थानिय सामुदायिक बनसंग समन्वय गरी आगो बाल्ने व्यवस्था गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ। 

घोडाघोडी नगरपालिका–१० को पहलमानपुर र डोकेबजार, धनगढी उप–महानगरपालिका वडा नम्वर २ भन्साररोड, वडा नम्वर १८ डिपोबजार, आदर्श टोल  र पार्वतीचोक, पुर्नरवास नगरपालिका–११ डोकेबजार, गोदावरी नगरपालिका–१ गेटा रोडचोक र बसपार्कचोक, लम्की चुहा नगरपालिका–१ लम्कीचोक, बल्चौरचोक र मोतिपुरचोक, जोशिपुर गाँउपालिका–१ जोशिपुर बजार, भजनी नगरपालिका–२ भजनी बजार, भन्सार रोड र टिकापुर नगरपालिका– ८ को सत्तिचोक र वडा नम्वर –९ को बालुवाटार र खकरौला गरी १८ स्थानमा आगो बाल्ने व्यवस्था गरिएको हो।
 

कमेन्ट लोड गर्नुस