धनगढीमा अजिङ्गर भेटियो
धनगढीमा अजिङ्गर फेला परेको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ४ को खानेपानी टोलमा अजिङ्गर फेला परेको हो। कैलाली खोलामा तटबन्धनका लागि जेसीबीले माटो खन्ने क्रममा अजिङ्गर भेटिएको हो।
आधा शरिर जमिनमुनी र आधा शरिर बाहिर रहेको अवस्थामा अजिङ्गर देखिएको स्थानीयले बताएका छन्। अजिङ्गरलाई डोजरले चोट पनि लागेको छ। अजिंङ्गर कति ठूलो छ भन्ने थाहा हुन सकेको छैन्। अजिङ्गरको उद्दारका लागि डिभिजन वन कार्यालयका कर्मचारी बोलाईएको छ।