धनगढीमा ‘मोटिभेस्नल सेमिनार’ हुने
धनगढी: धनगढीमा ग्रयान्ड मोटिभेस्नल सेमिनार हुने भएको छ। बौद्धिक तथा व्यक्तित्व पहिचान गर्ने मुख्य उदेश्यले जागौँ युवाको आयोजनामा पुस १२ गते मोटिभेसनल कार्यक्रम हुने भएको हो। शनिवार धनगढीमा रहेको शुभ श्री प्यालेसको हलमा सो कार्यक्रम हुने जनाइएको छ।
सो कार्यक्रमलाई धनगढी उपमहानगरपालिका, एक्सपट एजुकेसन एण्ड भिसा सर्भिस, एक्सीस विद्या आश्रम मेरकिन क्रनर, कैलाली उद्योग वाण्ज्यि संघले साथ दिएको छ।
सेमिनारमा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप ओड, मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल र सामाजिक अभियन्ता अर्जुन रावल लगायतका थुप्रै व्यक्तित्वहरूको उपस्थिति रहने आयोजकले जनाएको छ।