कैलालीमा विप्लवका दुई कार्यकर्ता पक्राउ
२०७६ पुष ८, ०८:३०
कैलाली: प्रहरीले कैलालीको घोडाघोडी नगरपालिका–८ बाट नेत्रविक्रम चन्द(विप्लव)का दुई जना कार्यकर्ता पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय सुखडले टिवी लामिछाने भनिने टेकबहादुर विक र दिनेश विकलाई पक्राउ गरेको हो।
उनीहरूले जरही सामुदायिक वनमा उपभोक्ताहरूले वन खुलाएर दाउरा लिइरहेको अवस्थामा धम्की दिएको भन्दै प्रहरीले ती दुई व्यक्तिलाई पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस