सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाईकल चोरीमा संलग्न एकजना पक्राउ

२०७६ पुष ८, ०५:५१ खबर संवाददाता

कैलाली: कैलालीमा मोटरसाईकल चोरीमा संलग्न एक जना पक्राउ परेका छन्। प्रहरीले मोटरसाईल चोरीमा संलग्न कैलालीको जोशिपुर गाउँपालिका– १ बस्ने संजीव कुश्मीलाई धनगढी उपमहानगरपालिका– ४ बाट पक्राउ गरेको छ। 

गत शनिबार साँझ धनगढी उपमहानगरपालिका– ८ का रामसिंह रानाको पसल अगाडीबाट से६प २८६४ नम्बरको मोटरसाईकल चोरी भएको थियो। सोही नम्बरको मोटरसाईकल चोरीको आरोपमा कुश्मीलाइ पक्राउ गरिएको हो। 

कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले कुस्मीलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको बताए। चौधरीले अन्य स्थानबाट पनि मोटरसाईकल चोरी गरेको हुनसक्ने बताउँदै प्रहरी नायव उपरीक्षक बस्नेतले पिडितले प्रहरी कार्यालयमा सम्पर्क राखी अनुसन्धान कार्यमा सहयोगका लागि अनुरोध समेत गरेका छन्।

कमेन्ट लोड गर्नुस