सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालबाट एक मनोरोगिको उद्दार

२०७६ पुष ४, ०५:५२ खबर संवाददाता

धनगढी: धनगढीको सेती प्रादेशिक अस्पतालबाट एक मनोरोगीको उद्दार गरिएको छ। मानसिक सन्तुलन गुमाएका अन्दाजी ४५ वर्षीय एक पुरुषलाई मानव सेवा आश्रम धनगढीले उद्दार गरेको हो। 

मानव सेवा आश्रम धनगढीका अनुसार स्थानीय र वडा प्रहरीको सहयोगमा उनलाई आश्रममा ल्याइएको हो। सडकका छाडा कुकुरले टोकेकाले उनलाई रेविज बिरुद्दको सुई पनि लगाइएको आश्रमले जनाएको छ। उनको थप उपचार गर्ने मानव सेवा आश्रम धनगढीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस