सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्योः कांग्रस नेता बलायर

२०७६ मंसिर २५, ०५:४१

डोटी: नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको र जनताका समस्या ज्यूँका त्यूँ रहेको दाबी गरेका छन। 

गृहजिल्ला डोटीको बोगटानमा बुधबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता बलायरले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले क्रान्तिका नाममा जनता र कर्मचारीलाई दुःख दिएको बताए।

उनले दुर्गम क्षेत्रमा जनतालाई आतंकित पारेर राजनीतिक उद्देश्य पूर्ति नहुने बताएका छन्। उनले भने, “सरकारले पनि जबरजस्ती निषेधको राजनीति नगरी वार्ताका माध्यमबाट समस्याको समाधान खोज्नुपर्छ।” १० वर्षे सशस्त्र द्वन्द्वबाट देश आक्रान्त भएको बताउँदै बलायरले सशस्त्र द्वन्द्वकै कारण मुलुकको विकास ५० वर्षपछि धकेलिएको बताए। 
 

कमेन्ट लोड गर्नुस