सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल घुम्न आउ !

२०७६ मंसिर २१, ०७:४९

आभास उपाध्याय
आउ ! पर्यटक मित्र नेपाल घुम्न आउ,
भिजिट नेपाल २०२० सङ्गै विमानस्थलमा भव्य स्वागत गरौंला,
स्वागत सङ्गसङ्गै नेपाल भ्रमणको यात्रा तय गरौंला।
आउ ! पर्यटक मित्र नेपाल घुम्न आउ ।
पुर्वमा मेचीदेखी पश्चिममा महाकाली सम्म घुमौला,
इलाकाको चिया बगानबाट हाम्रो यात्रा शुरु गरौंला,
दुनियाँमा जीवनको ज्योती फिजाउने पशुपती घुमेर,
विश्वलाइ शान्तिको पाठ सिकाउने गौतम बुद्धको जन्म थलो 
लुम्बिनीमा शान्तिको सास फेर्दै,
संसारसंग समर्पणको हात फैलाउने जानकीको मन्दिर पनि हेरौला।
नेपाली स्वाभीमानको धरहराबाट सभ्यताको स्वयम्भू देखाउला,
मनको इच्छा पूरा गर्ने रहर राख्याँै भने मन कामना पनि लौजाउला,
मिठा मिठा गफगाफ गर्दै माथी मुक्तिनाथ पनि पुगौला।
आउ ! पर्यटक मित्र नेपाल घुम्न आउ।
आकाशलाई जिस्काइरहेको सगरमाथा र सगरमाथा सङ्गै गासिएको नेपालीको स्वाभीमान देखेर मनमा 
कु–कर्म आयो भने चाँदी झै टल्केका हिमाल र त्यो सुनौलो बिहानी सङ्गै सुर्योदय देखाउला।
त्यो देख्दा मन हर्षले खुशीको आभास होला।
बिहानी पखको सुर्योदय हेरिसके पछि रारा ताल पनि पुगौला,
रारामा डुबुल्की हानिरहेको अपसरालाई नजिकैबाट नियाल्दै,
अपसरा सङ्गै जिस्किरहेका मिर्गलाइ पनि च्याप समाउने कोसिस गरौंला।
मृगलाइ समाउने कोशिश संगसंगै पश्चिमतिर लागौंला,
पश्चिमको यात्रा संगै कर्णालीमा रोकिएर त्यो चिसो हावा र बतास संगै 
कपाल उडाउदै एक फोटो पनि कैद गरिहालैला।
पश्चिमको संस्कृती संग रमाउदै खप्तडमा फुलेका ती सयौं थरी फुलहरुको सुगन्ध लिन खप्तड पुगौला 
र ती ढकमक्क फुलहरु सङ्ग मितेरी पनि गास्ने मौका मिलाउला 
र फुलहरु सङ्गै लुकामारी खेलिरहेका पुतलीलाई एकै छिनलाई
भएपनी छातिमा राखेर आनन्दको स्वास फेर्ने कोशिश पनि गरिहालौला ।
आउ !पर्यटक  मित्र नेपाल घुम्न आउ ।
स्वर्गको देश घुमेर आफ्नो देश फर्किदा 
एक मुठ्ठी शान्तिको देशको माटो दिलाउला,एक पाथी सुन्दर देशको हरियाली 
दिलाउला र सधै मुस्कुराइरहेका ती अटल हिमालको मुस्कान पनि सित्तैमा 
उपहार स्वरुप दिलाउने कोशिश पनि गरुला ।
आउ ! पर्यटक मित्र नेपाल घुम्न आउ।

कमेन्ट लोड गर्नुस