सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा काठको पुलबाट मोटरसाईकल खस्दा दुई जना गम्भिर घाईते

२०७६ मंसिर २१, ०६:३१ खबर संवाददाता

कैलाली: कैलालीमा काठको पुलबाट मोटरसाईकल खस्दा दुई जना गम्भिर घाईते भएका छन्। चिसपानीबाट मोहन्याल हुँदै भे८प ५०६१ नम्वरको मोटरसाईकलमा सुर्खेत गईरहेका सुर्खेतको विरेन्द्रनगर नगरपालिकाका ३५ वर्षीय पवन गिरी र कुमार विक घाईते भएका हुन्।

कैलालीको मोहन्याल गाउँपालिका वडा नम्वर ७ मा रहेको काठको पुल तर्ने क्रममा उनीहरु चढेको मोटरसाईकल अनियन्त्रित भएपछि मोटरसाईकल सहित दुवै जना खोलामा खसेका थिए। 

उनीहरु दुवै जनाको लालरत्न अस्पताल लम्किमा उपचार भईरहेको र अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस