सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमकी चेली गौरिका सिंह, ‘कीर्तिमानी जलपरी’

२०७६ मंसिर २१, ०७:२४ खबर संवाददाता

तीन बर्ष अगाडी ब्राजीलमा भएको रियो ओलम्पिकमा नेपालबाट सात जना खेलाडीले सहभागीता जनाएकोमा सर्वत्र चर्चामा रहेकी थिईन् गौरिका सिंह। कारण थियो रियो ओलम्पिकमा उनी सबैभन्दा कान्छि खेलाडी थिईनन्। उनी डाक्टर पारस सिंह र गरिमा राणाकी सुपुत्री हुन्।

पुख्र्यौली घर बझाङ भएपनि उनीहरुको परिवार दशकौँदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ भगतपुर बस्दै आएको छ। पछिल्लो समय परिवारसंगै लण्डन बस्दै आएकी गौरिका अहिले नेपालका लागि ‘कीर्तिमानी जलपरी’ भएकी छिन्।

सानैदेखि पौडीमा सोखिन भएकाले उनका आमाबुवाले पनि उनको त्यो चाहनालाई पूरा गर्ने मनसाय बनाईसकेका थिए। बेलायतको एक चर्चित क्लवमा पौडी प्रशिक्षण सुरु गरेकी गौरीकाले नेपालको प्रतिनिधित्व गर्दै पौडीमा ओलम्पिकमै पदक जिताउने सोच बनाईसकेकी थिईन्। 

सन २०१४ मा विदाको समयमा परिवारसंगै नेपाल आएकी गौरीकाले पहिलो पटक काठमाडौंमा भएको ग्यालेक्सी कप पौडी प्रतियोगितामा सहभागिता जनाइन्। सो प्रतियोगितामा चार वटा विधामा राष्ट्रिय किर्तिमान बनाउदै उनले सात स्वर्ण जितीन्। त्यतिबेला देखि नै सुनिएको हो, पौडी प्रतियोगितामा गौरिकाको नाम। 

उनी फेरी २०१५ मा नेपालमा भएको खुल्ला राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन काठमाडौं आइन्। सो बेला पनि उनले तीन वटा विधामा राष्ट्रिय कीर्तिमान बनाउदै स्वर्ण जितीन्। २०१५ मै विश्व पौडी च्याम्पियनसिपमा सहभागिता जनाउन अगाडी गौरीकालाई नेपाल पौडी संघले नेपाली टिमसँग प्रशिक्षण नलिएको भन्दै नाम नपठाउने तयारी ग¥यो।

त्यसका विरुद्ध गौरीकाका आमाबुवाले ठोस कदम चालेपछि उनको छनौट भयो। त्यसअछि उनले सोही बर्ष रसियामा भएको विश्व एक्विटिक च्याम्पियनसिपमा सहभागिता जनाउदै एक सय मिटर ब्याकस्ट्रोक राष्ट्रिय कीर्तिमान बनाइन्। 

सन् २०१६ मा गौरीकाले आयरल्याण्डमा भएको आइरीस ओपन च्याम्पियनसिपमा सहभागिता जनाइन्। सो प्रतियोगितामा उनले पदक जित्न नसकेपनि महिला दुई सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय किर्तीमान बनाइन्। सन् २०१६ को रियो ओलम्पिक प्रतियोगिताले गौरीकालाई विश्वभर चिनायो। ओलम्पिकमा सहभागिता जनाउने उनी सबैभन्दा कान्छी खेलाडी भएकाले पनि होला। 

आठौं राष्ट्रिय खेलकुदको पौडी प्रतियोगितामा हुँदा उनी १६ बर्षकी थिईन्। उनले एउटै प्रतियोगितामा १२ वटा स्वर्ण जित्दै थुप्रै किर्तीमान बनाएपछि त उनको चर्चा झनै चुलियो। शुक्रबार मात्रै १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली पौडीवाज गौरिका सिंहले शुक्रबार महिलातर्फको २०० मिटर ‘व्याक स्ट्रोक’मा अर्को स्वर्णपदक जितेकी छन्।

गौरिकाले २ मिनेट ४१.२६ सेकेन्डको आफ्नै राष्ट्रिय कीर्तिमानमा २४ सेकेन्डको सुधार गर्दै २ मिनेट १७.७३ सेकेन्डमा उक्त दूरी पार गरेकी थिइन्। गौरिकाले बिहीबार पनि पौडीको २०० मिटर सिंगल इभेन्टमा नेपाललाई ऐतिहासिक स्वर्ण दिलाएकी थिइन्।
 

कमेन्ट लोड गर्नुस