कैलालीमा अवैध काठसहित ट्याक्टर नियन्त्रण
कैलाली: कैलालीमा अवैध काठ सहित एक ट्याक्टर नियन्त्रणमा लिइएको छ। जिल्लाको बर्दगोरिया गाँउपालिका–३ मा रहेको लाँलीगुरास सामुदायिक वनबाट अवैध रुपमा सालको काठ काटेर लैजादै गर्दा काठ सहित ट्याक्टर नियन्त्रणमा लिइएकोे हो।
सामुदायिक वनबाट अवैध काठ तस्करी भईरहेको भन्ने सूचनाको आधारमा बर्दगोरिया सामुदायिक वन महासंघका अध्यक्ष टंक ओली सहितको टोलीले काठ सहित ट्याक्टर नियन्त्रणमा लिएको छ। टोलीले काटिएको २ गोलिया सालको काठ सहित से१त २०७७ नम्बरको ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएकोे काठ र ट्याक्टर आवश्यक कारवाहीको लागि सब–डिभिजन वन कार्यालय (रामपुर) बौनियाँमा राखिएको छ। ट्याक्टर चालक भने फरार रहेको बताइएको छ।