सुदूर नेपाललाई विश्वसँग जोड्दै

परिवारवादलाई निरन्तरता दिने साहास गरेकोमा बधाई, प्रधानमन्त्री ज्यू !

२०७६ मंसिर ६, १२:४३ खबर संवाददाता

श्रीमान सम्माननीय प्रधानमन्त्री ज्यु,

सर्बप्रथम तपाईंको आज सम्मको कार्यकालको लागि हार्दिक बधाईका साथ सपना देख्न सक्ने नेपाली, गफ दिनसक्ने नेपालीको निर्माण गर्नु भएकोमा धन्यवादका साथै आगामी कार्यकालको सफलताको शुभकामना।

तपाईको कार्यकालमा आज सम्म राष्ट्रले के पायो? बेचिएका भु–भाग फिर्ता पायो या विश्व बैंकबाट ऋृण पायो। लुटिएका भु–भागले शान्ती पायो या नेपाली जनताले लुटपाट हत्या हिंसा पायो। जनताले गणतन्त्रमा कानूनी शासनको अनुभूती गर्यो गरेन त्यो आउदो निर्वाचनले तपाईको समिक्षा गर्ने नै छ। तर तपाईको साहसको उच्च कदर गर्नुपर्छ।

राज्य सञ्चालन विधिलाई परिवार वादबाट मुक्ती नदिने परम्परालाई तपाईले झन मलजल गर्नुभयो। काम नगर्नेलाई कारवाही गर्न सबैले सक्छन् तर तपाईले काम गर्नेलाई कारवाही गरेर देखाइ दिनुभयो। त्यसमा निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट पनि परे।

अर्को कुरा यो देशमा चाकरी चापलुसी प्रथालाई जिवन्त राख्न तपाईको भूमिकाको उच्च कदर गर्दछु कम्तीमा परम्परालाई जिवित राख्ने जुन प्रयास छ त्यो सरहानीय छ। किनकी प्रचण्डकी बुहारी खानेपानी मन्त्री विना मगरलाई कार्य सम्पादनमा पछि हुँदाहुदै जोगाउनुभयो।

देशमा संघियताले ल्याएको विकासको के कुरा गर्नु जसको मूल्यांकन गर्ने हामी जनताको हैसियत नै छैन्। सांसद त अंकमा गणना गर्न सकिन्न सायद विश्व कै एक नम्बरमा पर्छ अनी मन्त्री तीनका स्वकीय सचिव, प्रिय, सल्लाहकार, के–के हुन कसरी गणना गर्ने।

अब गणना होइन जनगणना गर्नुपर्ला यति मात्र होइन संघ प्रदेश स्थानीय तहको, तपाईंदेखि पिए सम्मको गणना गर्ने रेकर्ड राख्ने मन्त्रालयको आवश्यकता देखिन आउँछ त्यसको विकास चाँडो भन्दा चाँडो होस्। सम्माननीय प्रधानमन्त्री ज्यु, यो देशलाई सिंगापुर, स्वीजरल्याण्ड,जापान,कोरिया होइन बेग्लै बनाउनुहोस्।

किनकी हाम्रो देशमा त्यो विकास होइन चाहिएको। यहाँ सांसद, मन्त्री , पिए, सल्लाहकार बढी चाहिको छ। सडक किन चाहियो, सबैलाई प्राडो, स्कारपियो, मरसिडिज भए पुग्छ। आखिर विकास त त्यो हो नी, किनकी यहाँ सडक कसले हेर्छ सबैले चिल्ला गाडी हेर्छन्। पुनः तपाइको सफल कार्यकाल को शुभकामना।

कमेन्ट लोड गर्नुस