सुदूर नेपाललाई विश्वसँग जोड्दै

दाइ प्रधानमन्त्री, भाइ राष्ट्रपति

श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्ष
श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्ष । फोटो स्रोत ।
२०७६ मंसिर ५, ०८:१७ खबर संवाददाता

श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले आफ्ना दाजु तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई नयाँ प्रधानमन्त्रीका रूपमा चयन गरेका छन्। श्रीलङ्कामा गृहयुद्धको कारण बनेका तमिल टाइगर्स विरूद्धको लडाईमा सशक्त भूमिका खेलेका महिन्दा राजापाक्षले सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काको राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए। श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले बुधबार पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीका लागि महिन्दा राजापाक्षको नाम सिफारिस गरेका थिए।

 

                               श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्ष

 

नवनियुक्त प्रधानमन्त्रीले सन् २०२० को मार्चमा संसदीय निर्वाचन नहुँदासम्म प्रधानमन्त्रीका रूपमा काम गर्नेगरी जिम्मेवारी दिन लागिएको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ। राजापाक्षको नेतृत्वमा १५ सदस्यीय कामचलाउ मन्त्रीमण्डलको गठन हुन लागेको पनि स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। नयाँ मन्त्रीमण्डलमा राजापाक्षलाई निर्वाचनमा सघाएका केही नयाँ अनुहार आउने अनुमान गरिएको छ।
 

कमेन्ट लोड गर्नुस