सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिलाको दुवै स्तन काटेर फरार

। फोटो स्रोत ।
२०७६ मंसिर ५, ०५:५३ खबर संवाददाता

अज्ञात समुहले एक महिलाको दुवै स्तन काटिदिएका छन्। भोजपुरको षडानन्द नगरपालिका–८  तुङ्गेछाको सेमेङमा अज्ञात समूहले ३० वर्षीया महिलाको स्तन काटेर फरार भएको छ। महिला गम्भीर घाइते भएकी छन्। बुधबार बिहान करिब ११ बजे स्थानीय खकुवाखोलामा लुगाकपडा धुन गएकी महिलाको नकापधारी अज्ञात समूहले स्तन काटेर भागेको बताइएको छ। 

उक्त समूहले कपडा धोइरहेकी महिलालाई जबरजस्ती नियन्त्रणमा लिएर स्तन काटी गम्भीर घाइते बनाएर फरार भएको भोजपुर प्रहरीले जनाएको छ। महिलालाई उपचारका लागि दिङ्लातर्फ लगिएको र  फरार समूहको खोजी गरिरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस