सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमबाट उद्योग मन्त्रीमा भट्ट, खानेपानीमा मगर यथावत

२०७६ मंसिर ४, १०:२०

कैलाली : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन्। उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन्। केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएका छन्।

सुदूपश्चिम प्रदेशबाट लेखराज भट्ट मन्त्रीको लिस्टमा अटाएका छन्। उनलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा दिइएको छ। उनि तत्कालीन माओवादी केन्द्रकबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए। 

सुदूरपश्चिमबाट अर्की मन्त्री बनेकी खानेपानी तथा सररफाई मन्त्री विना मगर भने यथावत रहेकी छिन। मगर तत्कालिन माओवादी केन्द्रबाट कन्चनपुर क्षेत्र नम्बर १ बाट विजयी भएकी थिइन। 

 

 

 

 

कमेन्ट लोड गर्नुस