सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा जीपको ठक्करबाट घाइते युवकको मृत्यु

२०७६ मंसिर ४, ०९:५६

कैलाली:  कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा गाडीले ठक्कर दिँदा घाइते भएका युवकको मृत्यु भएको छ।  कंचनपुरबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३९ नम्बरको महेन्द्रा जिपले गोदावरी नगरपालिका–२ बस्ने देवराम टमटालाई ठक्कर दिँदा उनि गम्भिर घाइते भएका थिए। 

घाइते टमटाको टाउको र शरीरमा गम्भिर चोटपटक लागेकाले उनलाई थप उपचारको लागी सेती प्रादेशिक अस्पताल लगिएको र उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेते जानकारी दिए। 

ठक्कर दिने जिप र डडेल्धुराको अमरगढी नगरपालीका– १० का २३ वर्षीय सवारी चालक विरबहादुर रावल  प्रहरीको नियन्त्रणमा रहेको उनले बताए। 

कमेन्ट लोड गर्नुस