सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीमा गाडीले ठक्कर दिँदा एकजना गम्भिर घाइते

२०७६ मंसिर ४, ०८:५०

कैलाली:  कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा गाडीले ठक्कर दिँदा एकजना पैदल यात्री गम्भीर घाइते भएका छन्। कंचनपुरबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३९ नम्बरको महेन्द्रा जिपले गोदावरी नगरपालिका–२ बस्ने देवराम टमटालाई ठक्कर दिँदा उनि गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

घाइते टमटाको टाउको र शरीरमा गम्भिर चोटपटक लागेकाले उनलाई थप उपचारको लागी कोहलपुर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ। सवारी चालक र जिप प्रहरीको नियन्त्रणमा रहेका छन्।
 

कमेन्ट लोड गर्नुस