सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

२०७६ मंसिर ४, ०८:१०

ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु  भएको छ।  कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ मर्दीखोलामा बुधबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको हो।

मर्दी खोलाबाट घाचोकतर्फ जाँदै गरेको ग१त ३४७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा पर्सा घर भई घाचोक बस्दै आएका सोही ट्याक्टरका चालक ४७ वर्षीय नरेन्द्र सिंह बस्नेतको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ।
प्रहरीका अनुसार सडकबाट ५० मिटर तल खसेको ट्याक्टरले च्यापिएका बस्नेतको घटनास्थलमा मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।–रासस

कमेन्ट लोड गर्नुस