सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुरक्षा कारबाहीमा ५ तालबानी लडाकू मारिए

। फोटो स्रोत ।
२०७६ मंसिर ४, ०२:०४ खबर संवाददाता

अफगानिस्तानको हेलमान्ड प्रान्तमा तालिबानी लडाकूविरुद्ध जारी रहेको  सुरक्षा कारबाहीको क्रममा पाँच तालिबानी लडाकू मारिनुको साथै अन्य दुई घाइते भएका सैनिक स्रोतले बुधबार जानकारी दिएको छ। अफगान राष्ट्रिय सेना (एएनए) ले आइतवार हेलमान्ड प्रान्तको मार्जा जिल्लामा सो सुरक्षा कारबाही गरेको थियो।  उक्त जिल्लालाई आतंकवादबाट मुक्त गर्नको लागि यो अभियान जारी राखिएको सेनाद्धारा जारी एक विज्ञप्तिमा जनाइएको छ। 

उक्त विज्ञप्तिमा अफगान वायुसेनाले मार्जा जिल्लाको छुट्टाछुट्टै स्थानहरूमा उग्रवादीहरूको आखाडालाई लक्ष्यगरी गरेको हवाई कारबाहीका क्रममा  पाँच तालिबानी लडाकू मारिनुको साथै अन्य दुईजना घाइते भएका थिए। यस कारबाहीको क्रममा केही हतियार र गोलीहरू समेत ध्वस्त गरिएको बताइएको छ।  एएनए बम निष्क्रिय बनाउने टोलीले मार्जामा आइतवारदेखि तालिबानहरुले योजना गरेको १७ वटा बारुदी विस्फोटक पदार्थ र विस्फोटक उपकरणहरू (आईईडी) फेला पारेर सुरक्षित विस्फोट गरेका थिए।

सेनाका जवानहरूले स्थानीय गाउँलेहरुको अनुरोधमा १ दशमलव २ किलोमिटर सडक पनि पुनःनिर्माण गरेका छन्। अफिम खेतीका लागि प्रख्यात हेलमाण्ड प्रान्तमा तालिबानीको बलियो प्रभाव रहेको छ।  अफगान सुरक्षाबलले हालै तालिबानी लडाकूहरूविरुद्ध सुरक्षा अभियानलाई थप गति दिएका छन। तालिबानी लडाकू  समूहले हालसम्म यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन्। रासस
 

कमेन्ट लोड गर्नुस