सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकार ऋण कसरी तिर्ने ?

२०७६ मंसिर २, ०३:४५

सम्माननिय प्रधानमन्त्री ज्यू, म सुन्दर सुदरपश्चिम स्थित कञ्चनपुर जिल्लाको एक बेरोजगार युवा हुँ। नेपालमा रु १५ सय देखि सुरु गेरेको सञ्चार जगतको यात्रा ८ हजारमा समाप्त गर्नुप¥यो। त्यस्को जवाफदेही पनि सरकार नै हो।

सरकारमा भएका मन्त्रीहरु र हुने खानेहरुका लागि प्रत्येक बर्ष प्रतिशतका दरले तलब भत्ता बृद्धी भनेर मात्रै सुन्थ्ये मेरा यी कान हरुले त्यो असारको महिनामा। तर त्यो तलब भत्ता बृद्धीको प्रत्यक्ष असर म जस्ता लाखौ युवा र परिवारमा पर्दै गयो।

जस्ले गर्दा गरिब परिवारको चुलोमा आगो बाल्न गाह्रो हुँदै गयो। तरकारी (साग) मा स्वाद हराउदै गयो, तर तपाईहरुको जिब्रोमा मार्सीको भात र स्टार होटेलको सागको स्वाद कहिले छुटेन। 

म  हुदा खाने परिवार मा जन्मेको एक छोरा हुँ र तपाईकै कारणले धेरै पढ्न सकिएन। जन्म दिने आमा को हड्डिको तेल बेचेर बल्ल तल्ल १० कक्षा त पास गरियो तर पारिवारिक समस्याका कारण उच्च शिक्षामा असर पर्न गयो। 

तपाईहहरु सामान्य रुखाखोकी लाग्दा पनि अमेरिका, स्विजरलेन्ड, सिङगापुर जान हुन्छ तर मेरो आमाको म भन्दा जेठो रगतको डल्लो २९ बर्षमै उपचारका लागि तपाईको दरबार भएको स्थान सम्म पुगाउन खर्च जोहो गर्न सकिन र मृगौला, फोक्सोको समस्याको कारण उहाँलाई गुमाउन प¥यो।

भन्नुहुन्छ हामीले यो गरेउ त्यो गरेउ भनेर तर मेरा सहोदर दाजु बिरामी हुँदा मैले कत्ती सास्ती सहनु प¥यो त्यो मलाई नै थाहँ होला। उहाँ बिरामी हुदा आफु सङ्ग भएको मात्रै डेढ कट्टा जग्गा पनि बिक्री गरे। त्यति मात्रै नभई हाल ४ लाख नेपाली ऋणमा छु। 

तपाई भन्नुहुन्छ फलानो बैंकले सहुलियतमा ऋण दिइरहेको छ। सरकार त्यो बैंक देखाइदिनु प¥यो कुन ठाउँमा छ। उक्त ऋण रकमको ब्याज मात्रै तिर्दैमा मेरो जिन्दगी पुरै सकिएला जस्तो छ। सरकार मैले सावा कता बाट तिर्ने। 

मेरो जन्म भएको तपाइको राष्ट्रमा न मैले केही जागिर पाए को छु न सहुलियत ऋण नै। बैकमा ऋण माग्न गयो भने पहिले आयश्रोत खोज्छ। त्यसपछी सम्पत्ती खोज्छ, म सङ्ग त्यो दुबै भईदिएको भए सायद आज म यति लेख्ने र गुहार माग्ने पनि थिएन। 

अब भन्नुस तपाईंको शैक्षिक प्रमाण पत्रको आधारमा ऋण कसरी र कती सम्म पाउछु मैले। महेन्द्रनगरको सडक छेउछाउमा ठेला गाडा चलाइ ऋणको ब्याज तिर्न खोज्दा तपाईका बर्दिधारीहरुले अवरोध गरे। 

मलाइ अहिले उक्त ४ लाख नेपालीको तीन प्रतिशत को ब्याजले छिमेकी राष्ट्र पुगाएको छ। जहाँ काम गर्दा ऋण रकमको ब्याज मात्रै तिर्न सकिरहेको छु। अब भन्नुस नुन, तेल, सोडा, साबुन लगायत अन्य पारिवारिक खर्च मैले कसरी धान्ने ? 

तपाईहरुका भाषणमा नेपालमा अब कोही पनि गरिब रहने छैनन् सुनिन्थ्यो त। सरकार केही उपाय अपनाई  दिनुप¥यो। सक्छौ भने योग्यता अनुसार एक घर एक सरकारी रोजगार देउ। सरकारले म जस्तै परिवारका लागि के के गर्दै छ ? मिल्छ भने बताइ दिनु होला नि है। 

कमेन्ट लोड गर्नुस