सुदूर नेपाललाई विश्वसँग जोड्दै

५० हजार घुस प्रकरणमा मुछिएका लम्कीचुहाका प्रमुख प्रशासकिय अधिकृतको सरुवा

२०७६ मंसिर २, ०१:२२ खबर संवाददाता

बसपार्कको कर संकलन गर्ने ठेक्कामा ५० हजार घुस लिएको प्रकरणमा मुछिएका कैलालीको लम्कीचुहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णबहादुर खडकाको सरुवा भएको छ। घुस प्रकरणमा मुछिएपछि खड्का सरुवा मिलाएर बर्दिया जिल्ला समन्वय समिति कार्यालय गएका छन्।

लम्कीचुहाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विक्रम चौधरीले खड्को जिल्ला समन्वय समितिमा सरुवा भएको बताउँदै रमाना लिएर गईसकेको जानकारी दिए। खड्कासंगै घुस प्रकरणमा मुछिएका जनकबहादुर बटालाको पनि सरुवा भएको छ।

उनको श्रम मन्त्रालयमा सरुवा भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत चौधरीले बताए। तत्कालीन प्रमुख प्रशासकिय अधिकृत कृष्णबहादुर खड्का, प्रशासन शाखा प्रमुख जनकबहादुर बटाला र सव इन्जिनीयर नविन पनेरुले बसपार्कको कर संकलनको ठेक्कामा ५० हजार घुस लिएको आरोप लागेको थियो।

निर्माण व्यवसायी शंकर शर्मा पाण्डेले लम्कीचुहा नगरपालिका कार्यालयसंग १० लाख २१ हजारमा बस पार्किङको शुल्क उठाउने ठेक्का सम्झौता गरेका थिए। त्यती बेला नगरपालिकाले पाण्डेसंग पर्फमेन्स ग्यारेन्टी अथवा कार्य सम्पादन दस्तुर वापत लिनुपर्ने कुनै पनि रकम लिएन।

तर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णबहादुर खड्का,  प्रशासन शाखाका नायब सुब्बा जनकबहादुर बटाला र सब इन्जिनीयर नविन पनेरुले ठेक्का पारिदिएको र अघिपछी समेत काम लाग्ने भन्दै ५० हजार घुस लिएको निर्माण व्यवसायी शंकर शर्मा पाण्डेले आरोप लगाएका थिए। यद्यपी कर्मचारीहरुले भने उक्त आरोप निराधार भएको दावी गर्र्दै आएका छन्। 

कैलालीको लम्कीचुहाका कर्मचारीले बसपार्कको ठेक्कामा ५० हजार, घुस खाएको आरोप
  
 

कमेन्ट लोड गर्नुस