सुदूर नेपाललाई विश्वसँग जोड्दै

हात्तीको आक्रमणबाट बाबुछोराको मृत्यु

। फोटो स्रोत ।
२०७६ मंसिर १, ०५:५८ खबर संवाददाता

जंगली हात्तीको आक्रमणबाट चितवनमा दुई जनाको मृत्यु भएको छ। भरतपुर माडी ठोरी हुलाकी सडकको चितवन निकुञ्जभित्र पर्ने अमुवा पोष्ट नजिकको जंगलमा शनिबार जंगली हात्तीले आक्रमण गर्दा ६५ वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय छोरा राजु पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार माडी कटेपछि आउने बगइ जंगलको देउराली भन्ने ठाउँमा जंगली हात्तीले उनीहरुलाई आक्रमण गरेको थियो। माडी नगरपालिका–१ बरुवा बजार बस्ने उनीहरु लु ३१ प २९११ नम्बरको मोटरसाइकल चढेर बाँदरझुला गाउँ जाँदै थिए। उनीहरु तिल किन्नका लागि बिहान ८ बजे माडीबाट हिँडेके प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस