सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा गन्तव्य इमर्जिङ कप फुटसल प्रतियोगिता सुरु

२०७६ कार्तिक २९, ०६:५६ खबर संवाददाता

धनगढीमा गन्तव्य इमर्जिङ कप फुटसल प्रतियोगिता सुरु भएको छ। गन्तव्य एजुकेशन फाउण्डेसन कैलालीको आयोजनामा गन्तव्य इमर्जिङ कप फुटसल प्रतियोगिता सुरु भएको हो। दुई दिनसम्म चल्ने गरी धनगढीको फल्याटल्याण्ड फुटसलमा अन्तर मावि स्तरीय फुटसल प्रतियोगिता सुरु भएको हो। 

प्रतियोगिताको कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष वावुराजा श्रेष्ठले उद्घाटन गरे । प्रतियोगिताको पहिलो दिन लिग चरणका ७ वटा खेलहरु सम्पन्न भएका छन्। नकआउटका आधारमा भईरहेको प्रतियोगिताको उद्घाटन खेलमा पञ्चोदय माविले कैलाली मोडेल स्कुललाई ९–० को फराकिलो अन्तरले पराजित गरेको छ। पञ्चोदयका लागि सुशिल विकले दोहोरो ह्याट्रिक गरे भने रोशन विकले दुई र हिमाल सिंहले एक गोल गरे। 

दोस्रो खेलमा आईएचआईटी कलेजले लाईफ लाईन कलेजलाई ३–१ ले किनारा लगायो। आईएचआईटीका लागि वासुदेव वोहोराले दुई र उत्तम मगरले एक गोल गरे भने लाईफ लाईनका लागि विनोद थापाले एक गोल फर्काए। तेस्रो खेलमा ऐश्वर्य विद्या निकेतनले सहारा होटेल म्यानेजमेन्टलाई ५–० ले जित्यो। ऐश्वर्यका लागि जिरत सेख विनोद बम अपदेश खड्का सुभम् श्रेष्ठ र विजय विक्रम भण्डारीले एक एक गोल गरे। 
चौथो खेलमा टेम्पल होटेल म्यानेजमेन्टले एक्सीस विद्याश्रमलाई ११–३ को फराकिलो अन्तरले किनारा लगायो। टेम्पलका लागि विनोद खत्रीले दोहोरो ह्याट्रिक गर्दा डवल मन्नी र रोहित चौधरीले दुई दुई तथा महेश कलेलले एक गोल गरे।

एक्सीसका लागि आदेश चौधरीले दुई र सुनिल वोहोराले एक गोल फर्काए। पहिलो दिन भएको पाँचौ खेलमा त्रिनगर माविले लिटल फ्लावरलाई ५–२ ले पराजित गरेको छ। त्रिनगरका लागि लक्ष्मण दमाईले ह्याट्रिक सहित चार र हरि पार्कीले एक गोल गरे। लिटल फ्लावरका लागि दिपेन्द्र जोशी र सलोन तामाङले एक एक गोल फर्काए। छैटौं खेलमा नेक्सस एजुकेशनले आयोजक गन्तव्य एजुकेशन फाउण्डेसनलाई ७–० ले पराजित गरेको छ। नेक्ससका लागि सुरज रावल र योगेश रावलले ह्याट्रिक गरे भने कुवेर शाहीले एक गोल गरे। त्यस्तै सातौं खेलमा भने हिलवल्र्ड स्कुल विजयी भएको छ। प्रतिस्पर्धी वेष्ट लुजर भएको लाईफ लाईन अनुपस्थित भएपछि हिलवल्र्ड वाई पाएर क्वाटरफाईनल पुगेको छ। 

प्रतियोगिताको दोस्रो दिन शनिवार क्वाटरफाईनल सेमिफाईनल र फाईनल खेल हुने आयोजक गन्तव्य एजुकेशन फाउण्डेसनका खेल संयोजक मुकुन्दवहादुर सिंहले जानकारी दिए। १३ वटा विद्यालयको सहभागीता रहेको प्रतियोगिताको विजेताले २२ हजार दुई सय २२ रुपैयाँ तथा उपविजेताले ११ हजार एक सय ११ रुपैयाँ नगद सहित ट्रफी पाउनेछ। तल्लो तहदेखि नै फुटसल खेलको विकास गर्न र खेलाडीहरुको प्रतिभा पहिचानका लागि प्रतियोगिता  आयोजना गरिएको खेल संयोजक सिंहले बताए। गन्तव्य एजुकेशन फाउण्डेसन कैलालीले होटेल म्यानेजमेन्टको अध्ययन तथा तालिम, वैदेशिक अध्ययनका लागि परामर्श दिने तथा क्षमता अर्भिवृद्धि सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्दै आएको छ। 

कमेन्ट लोड गर्नुस