सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीफन्टा नाकामा लुटिएका दुई मजदुर बेहोस अवस्थामा भेटिए

२०७६ कार्तिक २७, १२:११ खबर संवाददाता

गौरीफन्टा नाकामा बेहोस  अवस्थामा भेटिएका दुईजना मजदुरको प्रहरीले उद्दार गरेको छ। भारतमा मजदुरी गरी घर फर्किरहेका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ ओलानीका ३८ वर्षीय नवराज जोशी र घोडाघोडी नगरपालिका वडा नम्बर ७ लालपुरका ३५ वर्षीया गोपाल भाटको उद्दार गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले उनीहरु दुवैजनालाई गौरीफन्टा नाकाबाट उद्दार गरिएको जानकारी दिए।

जोशीको प्रहरीले र भाटलाई आफन्तले उद्दार गरेको हो। उनीहरु दुवैजना सेती प्रादेशिक अस्पतालमा उपचार गराएर घर फर्किसकेको प्रहरी नायब उपरिक्षक बस्नेतले जानकारी दिए।

उनका अनुसार एकजनाले संगै रहेका साथीले दिएको बिस्कुट र अर्कोले चिसो पेय पदार्थ खाएको बताएका छन्। उनीहरुको साथमा भएको समान भने लुटिएको छ।  
 

कमेन्ट लोड गर्नुस