सुदूर नेपाललाई विश्वसँग जोड्दै

आगलागीबाट दुई घर नष्ट, एक बालिका बेहोस

फाईल फोटो
फाईल फोटो
२०७६ कार्तिक २७, ०९:१२ खबर संवाददाता

सप्तरीको छुट्टाछुटै स्थानमा मङ्गलबार भएको आगलागीबाट दुई घरमा क्षति भएको छ। जिल्लाको रुपनी गाउँपालिका–३ मा आगलागी हँुदा करीब रु दुई लाख मूल्य बराबरको क्षति भएको प्रहरीको अनुमान छ। स्थानीयवासी विनोदकुमार मण्डलको एकतले टिनको छानो भएको फुसको घरमा विद्युतीय तार सर्ट भई आगलागी हँुदा उक्त घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ। सो आगलागीमा घरभित्र रहेका लताकपडा, अन्नपात, भाडावर्तन, नगद जिन्सीसहित एक थान मोबाइल गरी करीब रु दुई लाख मूल्य बराबरको सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

यस्तै सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका सीताराम यादवको एकतले फुसको घर जलेर नष्ट भएको छ। भान्साघरमा खाना पकाउने क्रममा चुल्होबाट आगो सल्किँदा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। उक्त आगलागीबाट फुसको घर आंशिकरूपमा जलेर नष्ट भएको र सो घरभित्र रहेको लत्ताकपडा, अन्नपात गरी करीब रु ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आगलागी भएको ठाउँमा सो आगो देखिरहेकी सीताराम यादवका १५ वर्षीया छोरी सङ्गीताकुमारी यादव बेहोस भएकी छन्। बेहोस भएकी उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस
 

कमेन्ट लोड गर्नुस