सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको भूमि सुधार तथा मालपोत कार्यालयमा सेवाग्राहीले पाउने सास्ती कायमै

२०७६ कार्तिक २६, १०:५४ खबर संवाददाता

भूवन भट्ट– भूमि सुधार तथा मालपोत कार्यालय कैलालीको सेवा प्रवाह चुस्त नहुँदा सेवाग्राहीले सास्ती व्यहोनुपर्ने बाध्यता कायमै रहेको छ।  जग्गा रोक्का, नामसारी, जग्गा पास, अंशवण्डा लगायतका काम गर्न कार्यालयमा पुग्ने सेवाग्राहीहरुले छिटो छरितो सेवा प्रवाह नहुँदा हप्तौँ सम्म कार्यालय धाउन बाध्य भएको गुनासो गरिएको छ।

उनीहरुले एउटै कामका लागि हप्ता दिन सम्म कुर्नुपर्ने बाध्यताले हैरान बनाएको गुनासो गरेका छन्। सोमबार मालपोत कार्यालयमा भेटिएकी अत्तरियाकी बसन्ती चौधरीले विगत चार दिन देखि जग्गा नामसारीका लागी धाईरहेपनि अहिले सम्म काम नभएको गुनासो गरिन्।

उनले घरको दैनिक काम ्छोडेर जग्गा नामसारीका लागि धनगढी धाईरहेको बताईन्। कार्यालयबाट दिइने सेवा छिटो छरितो नहुँदा आर्थिक भार पनि बढेको गुनासो गरिएको छ। कर्मचारी अभावको कारण देखाउदै मालपोत कार्यालयले छिटो सेवा नदिा समस्या भएको कैलारी गाउँपालीका ६ सुर्मीका लेपटन गडौँरा थारुले बताए।

अंशवण्डाका लागी कार्यालय पुगेका अत्तरियाका जयराज भट्टराईले सेवा प्रवाह छिटोछरितो गरिनुपर्ने आग्रह गरे। उनले दुई दिनदेखी लाईनमा लागेपनी अंशवण्डाको काम नभएको गुनासो दिनेश  खबरसंग गरे।

यता, भूमी सुधार तथा मालपोत कार्यालय कैलालीले भने सेवा प्रवाहमा कुनै समस्या नरहेको जनाएको छ। दैनिक डेढ सय देखी दुई सय बढी सेवाग्राहीलाई सेवा दिईरहेको कार्यालय प्रमुख प्रेमसिंह कुँवरले दावी गरे।

उनले  कार्यालयले आफ्नो क्षमता अनुसारको कार्य सम्पादन गरेपनि सेवाग्राहीको चाप बढि हुँदा समस्या हुने गरेको  बताए। 
  

कमेन्ट लोड गर्नुस