सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्घटनामा घाईते पत्रकार चौधरीलाई प्रेस युनियनको सहयोग

२०७६ कार्तिक २५, ०७:४० खबर संवाददाता

धनगढी– मोटरसाईकल दुर्घटनामा घाईते भएका पत्रकार भीम चौधरीलाई नेपाल प्रेस युनियन कैलालीले आर्थिक सहयोग गरेको छ। प्रेस युनियन कैलालीका पुर्व उपाध्यक्ष समेत रहेका घाईते चौधरीलाई युनियनले ८ हजार नगद सहयोग गरेको हो।

नेपाल प्रेस युनियनका सेती अञ्चल संयोजक तथा केन्द्रीय सदस्य जगत साँउद, युनियनका केन्द्रीय पार्षद मनमोहन स्वाँर, प्रेम चौधरी, पत्रकार चित्राङ्ग थापा तथा जिल्ला कार्यसमितिका पदाधिकारीहरुले सहयोग रकम हस्तान्तरण गरे। 

घाईते पत्रकार चौधरीलाई सहयोग गर्दै लागि नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले समस्यामा परेका पत्रकारलाई सहयोग गर्न युनियन सधै अग्रसर रहने बताए।

घाईते चौधरी नेपाल आदिबासी पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा जनता टेलिभिजनका सुदूरपश्चिम प्रदेश प्रमुख समेत रहेका छन्।

चौधरी लम्कीबाट समाचार संकलन गरेर फर्किने क्रममा कार्तिक २३ गते शनिबार पुर्वपश्चिम राजमार्गको बौनियामा मोटरसाइकल दुर्घटना परेका थिए। उनको मुख र हातमा चोट लागेको छ।
 

कमेन्ट लोड गर्नुस