सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहनापुल–अत्तरिया ६ लेन सडक योजना कार्यालय र धनगढीका व्यापारी बिच छलफल

२०७६ कार्तिक २५, ०७:२४ कमल सावद

धनगढीका व्यापारीहरुले मोहनापुल–अत्तरिया ६ लेन सडकका बिषयमा धनगढीमा छलफल गरेका छन्। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा मोहनापुल–अत्तरिया ६ लेन सडक योजनाका प्रमुख होमप्रसाद एसी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख सरोजकुमार ठकुराठी सहित निर्माण कम्पनीहरुसंग व्यवसायीहरुले सडकका बिषयमा छलफल गरेका हुन्।

व्यापारीहरुले सडकका कारण व्यापार चौपट भएको चुनासो गरेका छन्। सडक निर्माणको अन्यौल्ता अझै कायमै रहेको भन्दै उनीहरुले आलोचना समेत गरे। उनीहरुले मोहनापुल–अत्तरिया  ६ लेन सडकलाई व्यापारीक सडकका रुपमा निर्माण गर्नु पर्ने माग गरेका छन्। व्यावसायी गोपाल हमालले मोहनापुल–अत्तरिया सडकको स्टीमेटमा भएको अन्यौल्ताका बिषयमा प्रश्न गरेका थिए। उनले योजना कार्यालयले दिने साखा सडकका बिषयमा योजना कार्यालयले चाँडो टुंगो लगाउन आग्रह गरे। ‘सडक निर्माणमा ढिलाई हुदै आएको छ। हमालले भने, अहिले केहि गति लिएको महसुस भएको छ। तर सडकमा प्रवेशका लागि आवस्यक पर्ने शाखा सडकमा बिषयमा योजना कार्यालय अन्यौलमा छ। कुन–कुन ठाउँमा शाखा सडक दिने भन्ने बिषयमा व्यापारी साथिहरु पनि  अन्यौलमा छन्। योजना कार्यालयले स्पष्ट गर्नु पर्छ।’ 

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्पराज कुवरले मोहना–पुल अत्तरिया सडकका कारण व्यापारी हैरान भएको बताए। उनले व्यापारीलाई सहज हुनेगरि योजना कार्यालयले सडक निर्माणमा  गति दिन आग्रह गरे। व्यावसायीहरुको गुनासो पछि मोहनापुल–अत्तरिया सडक योजनाका योजना प्रमुख होमबहादुर एसीले पिच सडक पछिको क्षेत्रमा पनि ग्रावेल गर्ने योजना थपिएको बताए। उनले व्यापारीको सहजताका लागि नाली बाहिरीको क्षेत्रमा पनि योजना कार्यालयले ग्रावेल गर्न स्विकृत भएको बताए। उनले निर्माण कम्पनीहरुले अहिले सडक निर्माणलाई तिव्रता दिएको बताए। सडकको विस्तृत योजना प्रतिवेदन निर्माणमा भएको कम्जोरीका कारण सडक निर्माणमा केहि अन्यौल्ता रहेको उनले स्विकार गरेका छन्।  उनले शाखा सडकको सर्भिसका लागि व्यापारीहरुलाई स्थलगत अध्यानका लागि आग्रह गरे। निर्माण कम्पनीहरुले पनि सडक निर्माणलाई गति दिएको दावि गरेका छन्। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस