सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले बजार व्यवस्थापनमा ध्यान नदिएपछि कैलालीमा धानले मूल्य पाएन

२०७६ कार्तिक २५, ०७:४३ जनक विष्ट

कैलालीका किसानहरुले सिचाई तथा मलको अभावका बिच रोपेको धानले यसवर्ष पनि बजार नपाउने भन्दै चिन्ता व्यक्त गरेका छन्। सरकारले समर्थन मूल्य तोक्ने तर खरिदका लागि बजार व्यवस्थापनमा ध्यान नदिदा किसानहरुले समस्या पाउने कुरा नौलो नभएपनि यसवर्ष पनि सोही आशंका उब्जिएको किसानहरुले बताएका छन्। साविकको खाद्य संस्थान एवं अहिलको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सीमित धान खरिद गर्ने तर नीजि क्षेत्रका व्यापारीहरुले निर्धारण गरे अनुसारको मूल्य नदिदा समस्या खेप्नुपरेको गुनासो गरिएको छ।

 सिँचाई सुविधा र मलको अभावका बिच पनि रोपेको बजार नपाउने भएपछि किसानहरुले चिन्ता व्यक्त गरेका छन्। कञ्चनपुरको लालझाडीका किसान नरेश रानाले मलको अभावका बिच रोपेको धानको मूल्य नपाउँदा समस्या भएको बताए। उनले सरकारलृे मूूल्य तोक्ने तर बजार व्यवस्थापनमा ध्यान नदिदा तोकिएकै मूल्य पनि नपाउने गुनासो गरे।  सरकारले गत कात्तिक ५ गते मोटा धान प्रति क्विन्टल २ हजार ५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धामको मूल्य प्रतिक्विन्टल २ हजार ६ सय ७३ रुपैयाँ १६ पैसा तोकेको छ।

तर कैलालीका ग्रामीण क्षेत्रका किसानले भने निर्धारित मूल्य नीजि व्यापारीले धान खरिद नगर्ने र खाद्य संस्थानले सीमित मात्रामा खरिद गर्ने गरेका कारण ढुवानीमा समस्या हुदै आएको गुनासो गरेका छन्। उनीहरुले ग्रामीण क्षेत्रबाट महङ्गो शुल्कमा ढुवानी गर्नुपर्ने बाध्यताका कारण समस्या भएकाले स्थानीय स्तरमा संकलनको  व्यवस्था मिलाउनुपर्ने माग समेत गरेका छन्। विगत ३० वर्षदेखि  धान खेती गर्दै आएका कैलालीको कैलारी गाउँपालिकाको हसुलियाका किसान उरीलाल चौधरीले पनि यसवर्ष पनि धानले बजार नपाउने भन्दै चिन्तित बनाएको बताए। उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान संकलन गर्ने भनेपनि ढुवानीको समस्या हुने गरेको बताए। उनले गाउँबाट बजार सम्म ढुवानीका लागि पु¥याउदा प्रतिक्वीन्टल दुई सय रुपैँया सम्म तिर्नुपर्ने बाध्यता रहेको सुनाए।

स्थानीय तहले गाउँमै धान संकलनको व्यवस्था गरिदिए किसानहरुलाई राहात हुने बताए। नभए सिँचाई र मलको अभावका बिच फलेको धानले बजार नपाउने समस्या हुने गुनासो गरे। तर कैलारी गाउँपालिकाले भने किसानकै मागमा आधारित भएर गाउँमै धान संकलन गर्ने व्यवस्था मिलाईसकेको दावी गरेको छ। गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले भने खाद्य कम्पनीसँग आग्रह गरिएकाले एक÷दुई दिन सम्म गाउँमै संकलनको व्यवस्था मिलाईएको जनाए। खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीका प्रमुख अर्जुन श्रेष्ठले यसवर्ष किसानहरुबाट ७० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको बताए।

तर बजार  व्यवस्थापन आफ्नो नियन्त्रण बाहिरको कुरा भएको श्रेष्ठको भनाई छ। कैलालीमा वर्षेनी ७० हजार हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिदै आएकोमा वर्षेनी दुई लाख १० हजार मेट्रिक टनको हाराहारीमा धान उत्पादन हँुदै आएको छ। तर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ७० हजार धान मात्रै खरिद गर्ने लक्ष्य राखेको छ। बाँकी धान भने नीजि व्यापारीले खरिद गर्ने गरेका छन्।

जसका कारण किसानहरुले निर्धारित मूल्य भन्दा सस्तोमा धान बिक्रि गर्नुपर्ने बाध्यता छ। यसमा प्रदेश र स्थानीय सरकारले समन्वयकारी भुमिका खेल्नुपर्ने देखिएको छ। सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले प्रदेश सरकारको समन्वकारी भूमिका मात्र हुने बताए। उनले तत्काल प्रदेश सरकारले किसानबाट धान खरिद गर्न कुनै प्रबन्ध नमिालएको जनाए। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस