सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजिनामा दिदै राज्यमन्त्री रावलले भने, ‘दोषी नहुँदा नहुँदै जबरजस्ती मुद्दा सिर्जना गरियो’

२०७६ कार्तिक २४, ०२:४५ खबर संवाददाता

सुदूरपश्चिमका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजिनामा दिदै आफूमाथि जबरजस्ती नियोजित रुपमा मुद्दा सिर्जना गरिएको आरोप लगाएका छन्। रावलले कलेजको शेयर बिक्रिमा आफ्नो कुनै संलग्नता नरहेको भएपनि झुठा उजुरी दिईएको दावी गरेका छन्।

मुख्यमन्त्रीलाई सम्बोधन गर्दै लेखिएको राजिनामा पत्रमा रावलले भनेका छन्, ‘शेयर सम्बन्धी मेरो कुनै पनि संलग्नता नरहेको विषयमा झुठा उजुरी दिदा प्रहरीको अनुसन्धानमा म उपर कहि कतै आरोप नहुदा नहुदै जबरजस्ती मुद्दा सिर्जना गरियो।’ उनले आफ्नो सफलता र जिम्मेवारीप्रती नराकात्मक चिन्तन भएका केही व्यक्तिले  झुठा आरोप लगाई बदनाम गर्ने षडयन्त्र गरेको आरोप पनि उनले लगाएका छन्।

रावलले आफूमाथि लगाईएका आरोप निष्पक्ष र तथ्ययुक्त छानविन होस् भन्ने उद्देश्यले पदबाट राजिनामा दिएको बताएका छन्। उनले अनुसन्धानमा सघाउने पनि उल्लेख गरेका छन्।  रावल कञ्चनपुर क्षेत्र नम्बर ३ को प्रदेश क बाट  नेकपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। रावल गत वर्ष असोज २३ मा राज्यमन्त्रीमा नियुक्त भएका थिए। 

उनी विरुद्ध गत साउनमा जिल्ला अदालत कञ्चनपुरमा ठगी र कागजात कित्र्ते गरेको मुद्दा परेको थियो। महेन्द्रनगरको जनज्योती क्याम्पसका शेयर सदस्य समेत रहेका रावल सहितका ३६ जना विरुद्ध मुद्दा परेको अदालतले जनाएको छ। अदालततका अनुसार भीमदत्त नगरपालिकाका ताराप्रसाद जोशी समेत गरी १० जनाले साउन ७ गते राज्यमन्त्री रावल सहितका ३६ जना विरुद्ध ठगी र कागज किर्ते गरेको सम्बन्धी मुद्दा दर्ता भएको भएको थियो।

कञ्चनपुर अदालतमा रावलसँगै काठमाडौँ महानगरपालिका ५ स्थायी घर भएका क्याम्पस सञ्चालक समितिका अध्यक्ष मनोरथ जोशी, कञ्चनपुरको बेलौरी स्थायी घर भएका क्याम्पस प्रमुख भोलानाथ शर्मा सहितका अन्य ३६ जना शेयर सदस्य विरुद्ध पनि मुद्दा परेको थियो।

अदालतले दिनेश खबरलाई पाल्पा घर भई काठमाडौँ महानगरपालिका ११ बस्ने  श्रीधर न्यौपाने, काठमाडौँ नार्गाजुन २ बस्ने श्यामराज दली, कञ्चनपुर भीमदत्त नगरपालिका ९ बस्ने अम्बादत्त जोशी, १८ बस्ने इन्द्रराज बडु, कृष्णबहादुर शाह, धर्मेन्द्र गिरी, विरेन्द्रसिह साउँद विरुद्ध पनि मुद्दा परेको बताएको थियो।

यस्तै भीमदत्त नगरपालिका १२ बस्ने भवानी प्रसाद पन्त, वडा नम्बर ३ बस्ने खेमलाल घिमिरे, २ बस्ने माधवप्रसाद जोशी, १८ बस्ने माधवदत्त जोशी, ४ बस्ने माधव जोशी, १८ बस्ने रामप्रसाद घिमिरे, ६ बस्ने शंकरदत्त भट्ट, १० सुरेशचन्द्र भट्ट, २ बस्ने शिवदत्त जोशी, १८ बस्ने हरिराम चौधरी, कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर ९ बस्ने हरिसिंह खाती, भीमदत्त नगरपालिका ३ बस्ने मुना बम, १८ बस्ने उमा जोशी, बैतडीको साविक रिम गाविस ९ का केशवदत्त जोशी

भीमदत्त नगरपालिका ४ का परमानन्द जोशी विरुद्ध पनि मुद्धा परेको छ।यसैगरी भीमदत्तन नगरपालिका वडा नम्बर १५ का प्रजापती नेगी, वडा नम्बर ३ का विशाल जोशी, लमजुङको विचौर गाविस १ का मीनप्रसाद दवाडी,

कञ्चनपुरको महाकाली नगरपालिका ९ का गजेन्द्रसिह कार्की, भीमदत्त नगरपालिका २ का हजारीसिंह पुजारा, सप्तरीको वनरझुला ७ का नागेन्द्र प्रसाद चौधरी, पर्वतको पकुवा ४ का गंगाधर पौडेल,गुल्मी तमघासका राजेन्द्र थापा, काभ्रे कुसादेवी २ का दिपाकुमारी होमागाई र काठमाडौँ महानगरपालिका ७ का सुरेश ओझा विरुद्ध पनि ठगी र कागजात किर्ते गरेको मुद्दा परेको दिनेश खबरलाई जानकारी प्राप्त भएको थियो।

मुद्धा परेका पर्यटन राज्यमन्त्री प्रकाश रावल, क्याम्पस प्रमुख भोलानाथ शर्मा लगायतका ३६ जना नै क्याम्पसका लगानीकर्ता हुन्। उनीहरु मध्ये अधिकांशले सोही क्याम्पसमा स्थापना कालदेखि नै अध्यापन समेत गराउदै आएका छन्।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त महेन्द्रनगरको जनज्योति बहुमुखी क्याम्पसमा सेयर सदस्यबीच दुई वर्ष पहिले देखि शेयरको विषयलाई लिएर विवाद रहेको छ। सुरुमा २९ जना शेयर सदस्यको ५५ लाखका दरले झण्डै १६ करोड शेयर बिक्रिमा ठगी गरेको आरोप उनीहरुमाथि लागेको छ।  
सम्बन्धित समाचार:

ठगीको मुद्दा लागेका सुदूरपश्चिमका राज्यमन्त्री रावलद्धारा राजिनामा

सुदूरपश्चिमका राज्यमन्त्री रावलको सम्पत्ति छानबिन सुरु

सुदूरपश्चिमका राज्यमन्त्री रावल सहितका ३६ जना विरुद्ध ठगी मुद्धा

कमेन्ट लोड गर्नुस