सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका राज्यमन्त्री रावल सहितका ३६ जना विरुद्ध ठगी मुद्धा

२०७६ कार्तिक १७, ०१:१५ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल विरुद्ध अदालतमा ठगी र कागज किर्ते गरेको मुद्दा दर्ता भएको छ। जनज्योती बहुमुखी क्याम्पस महेन्द्रनगरका शेयर सदस्य समेत रहेका रावल सहितका ३६ जना विरुद्ध गत साउनमा ठगी र किर्ते मुद्दा दर्ता भएको जिल्ला अदालत कञ्चनपुरले पुष्टि गरेको छ।

अदालतका शाखा अधिकृत नवराज पाण्डेले भीमदत्त नगरपालिकाका ताराप्रसाद जोशी समेत गरी १० जनाले साउन ७ गते राज्यमन्त्री रावल सहितका ३६ जना विरुद्ध ठगी र कागज किर्ते गरेको सम्बन्धी मुद्दा दर्ता भएको दिनेश खबरलाई जानकारी दिए। तर रावल अहिले सम्म अदालतमा हाजिर नभएको पाण्डेले बताए।

उनका अनुसार रावलसँगै काठमाडौँ महानगरपालिका ५ स्थायी घर भएका क्याम्पस सञ्चालक समितिका अध्यक्ष मनोरथ जोशी, कञ्चनपुरको बेलौरी स्थायी घर भएका क्याम्पस प्रमुख भोलानाथ शर्मा सहितका अन्य ३६ जना शेयर सदस्य विरुद्ध पनि मुद्दा परेको छ।

पाण्डेले दिनेश खबरलाई बताए अनुसार पाल्पा घर भई काठमाडौँ महानगरपालिका ११ बस्ने  श्रीधर न्यौपाने, काठमाडौँ नार्गाजुन २ बस्ने श्यामराज दली, कञ्चनपुर भीमदत्त नगरपालिका ९ बस्ने अम्बादत्त जोशी, १८ बस्ने इन्द्रराज बडु, कृष्णबहादुर शाह, धर्मेन्द्र गिरी, विरेन्द्रसिह साउँद विरुद्ध पनि मुद्दा परेको छ।

यस्तै भीमदत्त नगरपालिका १२ बस्ने भवनाी प्रसाद पन्त, वडा नम्बर ३ बस्ने खेमलाल घिमिरे, २ बस्ने माधवप्रसाद जोशी, १८ बस्ने माधवदत्त जोशी, ४ बस्ने माधव जोशी, १८ बस्ने रामप्रसाद घिमिरे, ६ बस्ने शंकरदत्त भट्ट, १० सुरेशचन्द्र भट्ट, २ बस्ने शिवदत्त जोशी, १८ बस्ने हरिराम चौधरी, कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर ९ बस्ने हरिसिंह खाती, भीमदत्त नगरपालिका ३ बस्ने मुना बम, १८ बस्ने उमा जोशी, बैतडीको साविक रिम गाविस ९ का केशवदत्त जोशी, भीमदत्त नगरपालिका ४ का परमानन्द जोशी विरुद्ध पनि मुद्धा परेको छ।

दिनेश खबरलाई पाण्डेले बताए। यसैगरी भीमदत्तन नगरपालिका वडा नम्बर १५ का प्रजापती नेगी, वडा नम्बर ३ का विशाल जोशी, लमजुङको विचौर गाविस १ का मीनप्रसाद दवाडी, कञ्चनपुरको महाकाली नगरपालिका ९ का गजेन्द्रसिह कार्की, भीमदत्त नगरपालिका २ का हजारीसिंह पुजारा, सप्तरीको वनरझुला ७ का नागेन्द्र प्रसाद चौधरी, पर्वतको पकुवा ४ का गंगाधर पौडेल,गुल्मी तमघासका राजेन्द्र थापा, काभ्रे कुसादेवी २ का दिपाकुमारी होमागाई र काठमाडौँ महानगरपालिका ७ का सुरेश ओझा विरुद्ध पनि ठगी र कागजात किर्ते गरेको मुद्दा परेको दिनेश खबरलाई उनले जानकारी दिए।

मुद्धा परेका पर्यटन राज्यमन्त्री प्रकाश रावल, क्याम्पस प्रमुख भोलानाथ शर्मा लगायतका ३६ जना नै क्याम्पसका लगानीकर्ता हुन्। उनीहरु मध्ये अधिकांशले सोही क्याम्पसमा स्थापना कालदेखि नै अध्यापन समेत गराउदै आएका छन्। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त महेन्द्रनगरको जनज्योति बहुमुखी क्याम्पसमा सेयर सदस्यबीच दुई वर्ष पहिले देखि शेयरको विषयलाई लिएर विवाद रहेको छ।

‘शेयरमै ठगी र कागजात किर्ते गरिएको भन्दै अदातलतमा मुद्दा परेको छ’, दिनेश खबरसंग शाखा अधिकृत नवराज पाण्डेले भने, ‘प्रतिवादीका नाममा अदालतले हाजिर हुन सूचना जारी गरेको थियो। तर उहाँहरु हाजिर नहुँदा अन्य प्रक्रिया अगाडी बढ्न सकेको छैन्।’ अहिले सम्म दुईजना प्रतिवादी मात्र हाजिर भएको उनले उल्लेख गरे।     

 

कमेन्ट लोड गर्नुस