सुदूर नेपाललाई विश्वसँग जोड्दै

सञ्जय राना सहित दुई जना कारागार चलान, दुई जनालाई धरौटीमा छोड्न आदेश

२०७६ कार्तिक २२, ०६:१३ खबर संवाददाता

ठगी धन्दा चलाएको आरोपमा पक्राउ परेका धनगढी उप–महानगरपालिका वडा नम्वर ६ का सञ्जय राना सहित दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। जिल्ला अदालत कैलालीका न्यायाधीश कृष्णप्रशाद नेपालको ईजलासले राना सहित धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारीलाई कारागार चलान गर्न आदेश दिएको हो। 

यस्तै वडा नम्बर ६ का कमल बहादुर बिक र रानाकी साली कल्पना दिवाकोटीलाई जनही तीन लाख ५० हजार धरौटीमा रिह ागर्न आदेश भएको जिल्ला अदालत कैलालीका तहसिलदार तथा सूचना अधिकारी नरवहादुर नेगीले बताए। 

चारै जनालाई सोमवार नै जिल्ला अदालतमा पेश गरिएकोमा तीन दिन सम्म उनीहरुको बयान भएकोमा आज मात्रै थुनछेक बहस भएको थियो। चारै जनामाथि ठगी, सरकारी कागजात किर्ते, हातहतियार खरखजना र संगठीत अपराधमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरेको थियो।

उनीहरु मध्ये तीन जनालाई भदौ १८ गते पक्राउ गरिएको थियो भने रानाकी साली केही दिनपछि पक्राउ परेकी थिईन्।
 

कमेन्ट लोड गर्नुस