सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय प्रधानमन्त्रीको तस्विर जलाउँदै नेविसंघद्धारा अत्तरियामा प्रदर्शन

२०७६ कार्तिक २१, ०६:५१ खबर संवाददाता

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले अत्तरियामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्विर जलाएको छ। विद्यार्थी नेता जगतराम महराको अगुवाईमा भातरले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग समेटिएको भन्दै नेविसंघले तस्विर जलाउँदै विरोध प्रदर्शन गरेको हो।

उनीहरुले सिमा मास्न पाइदैन, कुम्भकर्ण सरकार चाहिदैन, भारतीय बिस्तारबाद मुर्दावाद, बिर गोर्खाली जिन्दावाद, कालापानी, लिपुलेक हाम्रो हो, सम्पुर्ण नेपाली एक हौ भन्दै नाराबाजी गरेका थिए। कोण सभालाई सम्बोधन गर्दै नेविसंघका बिधार्थी नेता डण्डीराज जोशीले भारतले नेपाल प्रति पटक–पटक हस्तक्षप गर्दै आएकाले सहन नहुने बताए।

नेपाल विद्यार्थी संघका दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियाका ईकाइ सभापति पदमराज ओझाले भारतको ठाडो हस्तक्षेपले पुरा नेपाली अपमानित हुनुपर्ने बताए। तरुण दलका गोदावरी नगर अध्यक्ष शंकर खड्काले देशमा दुई तिहाइको सरकार हुदा हुदै भारतको हस्तक्षपपछि नेपाल सरकारले कुनै कदम नचालको भन्दै आपत्ती जनाए।

नेपाली कागे्रसका नेता लोकराज पाण्डे आगो, भरत खड्का, तरुण दलका नगर अध्यक्ष शंकर खड्का लगायतका नेपाल बिधार्थी संघमा आबद्ध विद्यार्थी नेताहरुको बिरोध सभामा सहभागिता जनाएको विद्यार्थी नेता देवराज ओझाले जानकारी दिए।

कमेन्ट लोड गर्नुस