सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पताल विरामी मृत्यु प्रकरण : क्षतीपूर्ती दिने सहमतीपछि आन्दोलन फिर्ता

२०७६ कार्तिक २१, ०१:४१ खबर संवाददाता

सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका गौरीगंगा नगरपालिका छ का ४० वर्षीय गगनसिंह कुँवरको परिवारलाई क्षतीपूर्तीका लागि पहल गर्ने सहमती पछि आन्दोलनका कार्यक्रम स्थगीत गरिएको छ।

उपचारका क्रममा आज बिहान ज्यान गुमाएका कुँवरका परिवारलाई क्षतीपूर्तीका लागि सामाजिक विकास मन्त्रालयलाई सिफारिस गर्ने सहमतीपछि आफन्तहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले दिनेश खबरलाई बताए।

उनले कुँवरको मृत्यु प्रकरणको छानविनका लागि समिति गठन गर्ने, उनका परिवारका  सदस्यको निःशुल्क उपचारको व्यवस्था मिलाउने समझदारी पनि छलफलमा भएको जानकारी दिए। कुँवरको उपचारका क्रममा मृत्यु भएपछि विहानैदेखि मृतकका आफन्तले प्रदर्शन गरेका थिए।

अहिले शव परिक्षण गर्ने तयारी भईरहेकाले त्यसपछि मात्रै आफन्तको जिम्मा लगाईने अस्पताल प्रमुख पाण्डेले बताए। प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रतिनिधीको रहोबरमा अस्पताल प्रशासन र मृतकका आफन्तबिच छलफल भएको थियो। आफन्तले डाक्टरको लापरवाहीले कुँवरको मृत्यु भएको भन्दै डाक्टरलाई कारवाही र लाईसेन्स खारेजीको माग गर्दै प्रर्दशन गरेका थिए। 

 यो पनि पढ्नुस

विरामीको मृत्युपछि सेती अस्पतालमा प्रदर्शन जारी, ढुङगामुडा प्रहार
विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव​​​​​​​

कमेन्ट लोड गर्नुस