सुदूर नेपाललाई विश्वसँग जोड्दै

विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव

२०७६ कार्तिक २१, ०६:३९ खबर संवाददाता

उपचारका क्रममा एक विरामीको मृत्यु भएपछि सेती प्रादेशिक अस्पतालमा तनाव भएको छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ६ का ४० बर्षीय गगनसिंह कुँवरको उपचारका क्रममा मृत्यु भएपछि गयराती मृतकका आफन्तले विरोध जनाएका थिए।

बुधवार विहान ११ बजे पेट दुखेपछि भर्ना भएका कुँवरलाई राती ८ बजे अस्पतालका डाक्टरले मृत घोषणा गरेका थिए। केही बेरमा २५÷३० जनाको सङख्यामा आएका मृतकका आफन्तले उपचारमा डाक्टरले लापरवाही गरेको भन्दै विरोध जनाएका थिए।

आज विहान ८ बजे सर्वपक्षिय बैठक बस्ने सहमतीमा विरोध रोकिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकास कार्कीले बताए। 
 

कमेन्ट लोड गर्नुस