सुदूर नेपाललाई विश्वसँग जोड्दै

विरामीको मृत्युपछि सेती अस्पतालमा प्रदर्शन जारी, ढुङगामुडा प्रहार

२०७६ कार्तिक २१, ११:५६ खबर संवाददाता

उपचारका क्रममा एक विरामीको मृत्यु भएपछि सेती प्रादेशिक अस्पतालमा आज विहानैदेखि प्रदर्शन भईरहेको छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ६ का ४० बर्षीय गगनसिंह कुँवरको उपचारका क्रममा मृत्यु भएपछि विहानैदेखि मृतकका आफन्तले प्रदर्शन गरिरहेका हुन्।

अस्पतालमा रहेका सहकर्मी भुवन भट्टका अनुसार उनीहरुले अस्पतालमा प्रदर्शन गर्दे अस्पताल फार्मेसीमा ढुङगामुडा प्रहार समेत गरेका छन्। उनीहरुले डाक्टरको लापरवाहीले कुँवरको मृत्यु भएको भन्दै डाक्टरलाई कारवाही र लाईसेन्स खारेजीको माग गरेका छन्। 

बुधवार विहान ११ बजे पेट दुखेपछि भर्ना भएका कुँवरलाई राती ८ बजे अस्पतालका डाक्टरले मृत घोषणा गरेका थिए। अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयका अनुसार अहिले मृतकका आफन्त र अस्पताल प्रशासनविच बार्ता भईरहेको छ। 

 

कमेन्ट लोड गर्नुस