सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

२०७६ कार्तिक ९, ०३:०६ खबर संवाददाता

बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। खरकाट्ने क्रममा भिरबाट लडेर जिल्लाको बित्थडचिर गाउँपालिका वडा नम्बर ४ डुर्मी गाउँका २४ वर्षीय दिपादेवि ढाँटको मृत्यु भएको हो। विहान खर काट्न गएकि उनको गाउँकै थलाप भन्ने भिरबाट लडेर शुक्रबार दिउँसो दुईबजे तिर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको टाउको र ढाडमा गम्भीर चोट लागेको बताइएको छ।

कमेन्ट लोड गर्नुस