सुदूर नेपाललाई विश्वसँग जोड्दै

शनि विश्वकर्मा पहिलो नेपाल लोक स्टार

२०७६ कार्तिक ८, ०९:५० खबर संवाददाता

रोल्पाका शनि विश्वकर्मा लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को विजेता बन्नेका छन्। शुक्रबार सम्पन्न ग्राण्ड फिनालेबाट  नेपालकै उनी पहिलो लोक स्टार बनेका हुन्। नेपाल लोक स्टारको विजेता भएसँगै विश्वकर्माले ५० लाख पुरस्कार पाएका छन्। उनको २५ लाख बराबरको जीवन बीमा पनि हुने छ। 
स्याङ्जाका चेतन गोतामे दोस्रो भए। उनले २५ लाख पुरस्कार पाएका छन्। उनको १५ लाख बराबरको जीवन बीमा हुने छ। उपदपुरका विनोद दनुवार तेस्रो भएका छन्। उनले १० लाख नगद पुरस्कारका र १० लाखको जीवन बीमा पाएका छन्। फिनालेमा रामेछापका रामकुमार नेपाली रोल्पाका शनि विश्वकर्मा, स्याङ्जाका चेतन गोतामे र उदयपुरका बिनोद दनुवार बीच प्रतिस्पर्धा भएको थियो।  
‘नेपाल लोक स्टार’का अनुसार गएको शनिबार दिउँसो १२ बजेबाट शुक्रबार दिउँसो १२ बजेसम्म स्रोता तथा दर्शकले गरेको भोटको आधारमा विजेता घोषित गरिएको हो। 

कमेन्ट लोड गर्नुस