सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिस फारवेष्टको उपाधी कञ्चनपुरकी खड्कालाई

२०७६ कार्तिक ७, ०३:२२ खबर संवाददाता

मिस फारवेष्ट नेपाल २०१९ प्रतियोगिताको दोश्रो संस्करणको उपाधी कंचनपुरकी शितल खड्काले हात पारेकी छिन्। खड्कालाई मिस फारवेष्ट २०१८ की विजेता मोनिका गुरुङ्गले ताज पहिराएकी थिईन्।

रोयल कोराबोरेटिम्भ प्राली धनगढीले आयोजनामा भएको मिस फारवेष्टको बुधबार राती धनगढीमा भएको फाईनलमा १७ प्रतिस्पर्धीलाई पछाडी पार्दै खड्काले उपाधी हात पारेकी हुन्। उपाधी संगै खड्काले स्कुटर प्राप्त गरेकी छिन्।

यस्तै फस्र्ट रनर अप डडेल्धुराकी कोहिनुर मल्ल भएकी छिन्। उनले ५० हजार नगद प्राप्त गरिन भने सेकेण्ड रनरअपमा कैलालीकी स्मारिका बम भईन्। उनले २५ हजार रुपैया प्राप्त गरिन्।

प्रतियोगिताको मुख्य निर्णायकमा हिडेन ट्रेजरका सिईओ गोपाललाल सुन्दर कक्षपति रहेका थिए भने अन्य निर्णायकहरुमा मिस नेपाल २०१३ की इसानी श्रेष्ठ, नायिका याना शर्मा र फिल्म निर्माता सरोज न्यौपाने रहेका थिए।
 

कमेन्ट लोड गर्नुस