सुदूर नेपाललाई विश्वसँग जोड्दै

भ्रमर्ण वर्षका लागि गठित सुदूरपश्चिम पर्यटन समितिमा सदस्य थपिने, पहिलो बैठक ८ गते

२०७६ कार्तिक ६, १०:३५ खबर संवाददाता

नेपाल भ्रमर्ण वर्ष २०२० का लागि गठित सुदूरपश्चिम पर्यटन समितिको पहिलो बैठक कार्तीक ८ गते हुने भएको छ। सुदूरपश्चिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ८ गते बिहान ११ बजेका लागि पहिलो बैठक बोलाएको हो। प्रदेश स्तरीय पर्यटन प्रर्वद्धन समितिको बैठकले नयाँ सदस्य थप तथा उप–समिति गठनका बिषयमा छलफल गर्ने मन्त्रालयका पर्यटन महाशाखा प्रमुख भोजराज पाठकले जानकारी दिए। प्रदेश सरकारको सिफासिरमा संघीय सरकारको सस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले १८ सदस्यीय पर्यटन प्रवद्र्धन समिति गठन गरेपनि विवाद भएको थियो। समितिमा १० जना कैलाली, तीन जना कञ्चनपुर र एक जना डडेल्धुराका सदस्य राखिएका छन्। अहिले सदस्य सचिव सहित ३६ सदस्यीय समिति गठन गर्ने प्रक्रियामा प्रदेश सरकार रहेको छ।

कमेन्ट लोड गर्नुस