सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको ओलानीबाट प्रेरीत ६ माया छपक्कै

२०७६ कार्तिक ३, १०:५३ खबर संवाददाता

अहिले देशभरीका धेरै सिनेमा हलमा ६ मायाँ छपक्कै चलचित्र प्रदर्शन भईरहेको छ। उक्त चलचित्रको विषयवस्तुको उठान नै सुदूरपश्चिमबाट भएको छ। निर्माण पक्षका अनुसार कैलालीको गोदावरी नगरपालिकाको ओलानी र काभ्रेको एउटा गाउँमा भएको वास्तवीक घटनाबाट प्रेरीत हुँदै उक्त चलचित्र बनाईएको हो।

चलचित्रका कलाकार दीपकराज गिरीका अनुसार कैलालीमा केही बर्ष अगाडी एउटा बिवाहको टुङगो लागेको थियो। ‘केटा ओलानी र केटी अन्य कुनै क्षेत्रकी थिईन्,’ उनले भने, ‘भोली बिवाह भन्ने दिन ओलानीमा पानीको हाहाकार हुने र छोरीले पानीकै लागि दुख गर्नुपर्ने भन्दै एकाएक केटी पक्षले बिवाह रद्ध गरिदिए।’ 

उक्त वास्तविक घटना केही बर्ष अगाडी कारोवार दैनिकमा प्रकाशन भएपछि सोही घटनाबाट चलचित्र ६ मायाँ छपक्कैको सुरुवात गरिएको गिरीले दिनेश खवरलाई जानकारी दिए। ‘प्राकृतिक स्रोत बाँडफाँटको समस्या देशका हरेक क्षेत्रमा देख्न सुन्न पाइन्छ, जुन विषयमा हामीले फिल्म तयार गरेका छौं। यद्यपि फिल्ममा मनोरञ्जनको मर्म भने हामीले मारेका छैनौं।’ उनले भने।

‘सुदूरपश्चिमका धेरै विषय अझै पनि भर्जिन छन्,’ गिरीले भने, ‘तिनै लुकेका विषयलाई दर्शकले पनि मन पराउने भएकोले हामीले चलचित्रमा उतारेका हौँ।’ फिल्मले दुई फरक राजनीतिक पृष्ठभूमिका परिवार र तिनै परिवारका छोराछोरीबीचको प्रेमकथा पनि बोलेको छ भने पानीको स्रोत बाँडफाँट विषयमा दुई गाउँबीच देखिएको तिक्ततालाई पनि फिल्ममा उतारिएको छ। यद्यपी चलचित्रको छायांकन भने सुदूरपश्चिममा भएको छैन्। 

कमेन्ट लोड गर्नुस