सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिंसात्मक प्रदर्शनपछि चिलीमा राष्ट्रपतिद्वारा संकटकालको घोषणा

। फोटो स्रोत ।
२०७६ कार्तिक २, ०४:०१ खबर संवाददाता

चिलीको सान्टियागो राज्यमा शुक्रबार संकटकालको घोषणा गरिएको छ। मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलिपल्ट चिलीका राष्ट्रपतिले संकटकालको घोषणा गरेको हो। संकटकाल घोषणासँगै सुरक्षाको जिम्मेबारी सेनालाई दिइएको अधिकारीले बताएका छन्।

शुक्रबार भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीकाबीचमा धेरै ठाउँमा झडप भएको थियो। प्रदर्शनकारीले स्टेशन र सवारी साधनमा आक्रमण गरेर क्षति पु¥याएका छन्। प्रदर्शनकारीको तोडफोडका कारण कम्तीमा १६ ओटा बस र दर्जनौँ स्टेशन क्षतिग्रस्त भएका छन्। मध्यरातमा राष्ट्रपति सेबास्टीअन पिनेराले संकटकाल लागु गरिएको घोषणा गरे। उनले अहिलेलाई १५ दिनका लागि मात्रै संकटकाल लागुहुने उल्लेख गरेको छ। रासस 
 

कमेन्ट लोड गर्नुस