सुदूर नेपाललाई विश्वसँग जोड्दै

म र असोज

२०७६ कार्तिक २, १२:२७

 

यादब जोशी

तिमी म्यापल हुँदै गर्दा 
तिमिमा बिद्रोहको ज्वारभाटा दन्किदै गर्दा 
मलाई
किन हो पिपल हुन मन लाग्छ 
वा मानौ 
जोबन ढल्किएर कोप्रीएको सिमल हुन मन लाग्छ  
र ताप्न मन छ- 
अतिरिन्जित पारिएका मेरा गन्तव्यका गोडाहरु 
दिग्भ्रमित चाहनाहरु 
र अजर अमर मेरा प्रेम कथाहरुको 
संप्तृप्त घोल बनाएर 
एकमुष्ट आगो 
सङ्गै नियालिरहन मन छ 
मानो रोपेर मुरि नपाउनेको नियती 
धान किरिले रित्याएको साईला बाको ज्युलो 
भिणा फुलेका प्याउलि पाली 
अनि 
हाम्रो हिउँद कटाईदिने कोदो बाली ११
हिड्यौ 
तिमी यसरी हिड्यौ ,
सपनाहरूको माया जालको खातिर 
वा 
दिल्लगीहरुको स्थानान्तरणका निम्ति 
इगलको बेग बनेर 
म धुलिकण र भुईमान्छेको अस्तित्व के होला 
सोच्यौ कि भ्याएनौ 
र उत्रेउ टोकियोतिर ११ 
र लाग्छ 
एउटै हुन 
सुकोमल , स्निग्ध र कन्चन 
शरदका प्रेमका तिम्रा धर्काहरु 
र बर्षातमा निमिठिएर असोजमा सुक्दै गरेका 
अर्ध उपनिवेशिक मेरा रहरहरु 
अनि 
हामी टेक्ने धर्तीको भौतिकवाद १
ठिङ्ग तिमी ठिङ्ग म ११

कमेन्ट लोड गर्नुस