सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने

२०७६ असोज ३०, ०५:४७ खबर संवाददाता

दिपायलमा ‘डोटी प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ। दुई लाख ११ हजार एक सय ११ प्रथम पुरस्कार राशीको क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो। आयोजक नयाँ समाज नेपालले बिहिबार दिपायलमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्तीक ४ गतेदेखि प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिएको हो। आयोजक संस्थाका अध्यक्ष रोशन कठायतले प्रतियोगितामा देशभरीकै टीमहरु सहभागि हुने जानकारी दिए। प्रतियोगिता दिपायलस्थित खप्तड रंगशालामा आयोजना हुनेछ। प्रतियोगिताका खेलहरु टी–२० फर्मेटमा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा ‘प्लेयर अफ द सिरिज’, ‘वेष्ट बलर’ र ‘वेष्ट व्याट्सम्यान’लाई पनि पुरस्कारको व्यबस्था गरिएको छ।

कमेन्ट लोड गर्नुस