कैलालीमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु
कैलालीमा मोटरसाईलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको चुरे गाउंपालिका वडा नम्बर ३ का ६६ वर्षीय रामचन्द्र आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोमबार बिहान जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ९ खुटिया पुल नजिक से ३ प ६०६ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका आचार्यलाई अत्तरिया स्थित पद्मा अस्पताल लगिएको थियो। थप उपचारका लागि नेपालगन्ज लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक लम्की चुहा नगरपालिका वडा नम्बर ९ का ३८ वर्षीय बिसराम चौधरीको पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।